चीनको प्राइमरी स्कूलमा सिक्योरेटी गार्डद्वारा विद्यार्थीमाथि हमला

काठमाडौं । चीनमा बिहीवार एक मर्मस्पर्शी घटना भएको छ । चीनको एक प्राइमरी स्कूलमा एक सुरक्षा गार्डले चक्कुले हमला गरेका छन् ।

यस हमलामा ४० बच्चा र दुई शिक्षक घाइते भएका छन् ।

यो हमला दक्षिण चीनको वांगफू कन्ट्री सेन्टर प्राथमिक विद्यालयमा विहान ८ बजेर ३० मिनेट जाँदा सबै विद्यार्थीहरु एकत्रित भएपछि हमला भएको थियो ।

एक स्थानीय अधिकारीहरु सञ्चारमाध्यमहरुलाई जानकारी गराए अनुसार ३ विद्यार्थी गम्भीर घाईते भएका छन् ।

सुरक्षा गार्डले किन हमला गरे भन्नेबारेमा भने अहिलेसम्म पत्ता नलागिसकेको बताइएको छ । ५० वर्षीय सुरक्षा गार्ड ली जियाओमिनले हमला गरेको बताइएको छ ।

उक्त घटनामा स्कूलका प्रेन्सिपल पनि गम्भीर रुपमा घाईते भएका छन् । लीलाई अहिले गिरफ्तार गरेर अनुसन्धान थालिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?