काठमाडौं – परीक्षणको दायरा बढाएसँगै नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमितको संख्या बढीरहेको छ । त्यस्तै कोरोनाबाट हालसम्म १० जनाको मृत्यु भईसकेको छ । यो अवस्थामा लकडाउन खुकुलो भएसँगै हामीले बाहिरी वातावरणसँग घुलमिल हुनुपर्छ । तसर्थ कोरोनाबारे केही नयाँ तथ्य र जानकारी लिनुपर्छ । जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाद्यान्नबाट सर्दैन भन्ने लगायत अन्य धेरै जानकारी सेयर गर्नुभएको छ । जुन तपाईलाई थाहा नहुन सक्छ ।
1. संक्रमितसंग ५ १० मिनेट कुरा गर्दा सर्दैन ।
2. घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ प्रतिशत घट्छ केहि भाइरस मास्कबाट छिर्दैमा संक्रमण गराउन सक्ने भाइरल लोड पुग्दैन ।
3. एन – ९५ मास्क लगायत महँगो मास्क प्रयोग गर्नु जरुरी हुँदैन । सामान्य सर्जिकल मास्क तथा २ पत्रे कटनको मास्कलाई घाममा राखेर वा धोएर पनि प्रयोग गर्न सकिन्छ । अमेरिका लगायत विकसित देशमा पनि यो प्रचलन कायम छ ।
4. आफ्नो पावरको वा पावर आवश्यक नभए सस्तो ब्राण्डको चस्मा लगाउनु सुरक्षित हुन्छ । त्यस्तै डिस्पोजेबल वा धुन मिल्ने पंजा लगाउँदा पनि सुरक्षित भइन्छ ।
5.संक्रमित व्यक्तिले संक्रमण भएको ११ दिनपछि टेस्टमा पोजिटिभ देखिएपनि सामान्यतया अरुलाई रोग सर्दैन ।
6. घर, कार्यालय तथा अन्य कार्यस्थलमा पर्याप्त उज्यालो र हावा छिर्ने वातावरण भएमा कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ ।
7. लामखुट्टे, झिंगा आदिबाट कोरोना संक्रमण सर्दैन ।
8 . जेष्ठ नागरिक तथा अनियन्त्रित दीर्घ रोग भएका व्यक्ति बाहेक अरुलाई कोरोना संक्रमण भएपनि डराउनु पर्दैन । २ हप्ता घरमै आराम गर्ने, पोषिलो खाना खाने, हल्का व्यायाम गर्ने तथा तनाव व्यवस्थापन गर्ने हो भने ९० प्रतिशत संक्रमितलाई आफैँ निको हुन्छ ।
9. रुघाखोकी लाग्दा कोरोना संक्रमण भयो कि भनेर डराउनु पर्दैन ।
10. नेपालमा देखिएको कोरोना संक्रमण ८५ प्रतिशत भारतबाट आएकोमा देखिएको छ ्र त्यो समुहलाई सीमामा होल्डिङ गरेर क्वारेन्टाइन, स्याहार, परिक्षण, संक्रमितलाई आईसोलेसन र संक्रमण नभएकालाई आफ्नो थातथलोमा पठाउने हो भने डरलाग्दो अवस्था आउँदैन ।
11. नेपालमा सबैभन्दा सुरक्षित ठाउँ पहाडी तथा हिमाली जिल्लाका गाउँ हुन् ।
12. गुर्जो, तुलसी, बेसार, ज्वानो, अदुवा, अश्वगन्धा, मरिच, चिराइतो, नीम, अमला लगायतका जडिबुटीले रोगसँग लड्ने क्षमता बढाउँछन् । कोरोना संक्रमणको उपचारमा यी जडिबुटीको सफल भूमिका धेरै देशमा देखिएको छ ।
13. नेपालमा भएका अधिकांश मृत्यु कोरोनाले मात्र भएको हैन परीक्षणमा कोरोना पनि देखिएको हो ।
14. नेपालमा हालसम्म सक्रमितमध्ये ९० जोखिम वर्गमा पर्दैनन् तसर्थ मृत्युदर हामीले सोंचेभन्दा कम हुन्छ ।
15. कोरोना अन्तर्राष्ट्रिय ब्राण्ड भएकोले ठूलो प्रचारमा आएको हो । प्रचारमा आए अनुसार यो घातक छैन । विश्वभर यो ५ महिनामा भएको मृत्युलाई अघिल्लो वर्षको यहि समयमा भएको मृत्युलाई तुलना गर्ने हो भने त्यति ठूलो फरक छैन ।
16. मन भनेको शरीरको ड्राइभर हो । मन बलियो भयो भने हामी दुर्घटनामा पर्दैनौँ । मन कमजोर भयो भने टल्किने गाडी भएपनि तथा सुन्दर सडक भएपनि दुर्घटना हुन्छ । रोगसँग लड्न सक्छु भन्ने आत्मबल हामी सबैको हुनु जरुरी छ ।
17. हामी आत्मअनुसाशनमा बस्यौँ भने उच्च मनोबल राख्यौं भने तथा सकारात्मक सोंच राख्यौं भने संक्रमण भएपनि हामीलाई खतरा हुँदैन ।
18. अन्य देश र हाम्रो देशको धरातलीय यथार्थता फरक छ । खानपान फरक छ । जीवनशैली फरक छ । जनघनत्व फरक छ । तसर्थ अन्य देशको अवस्था हेरेर डर मान्नुपर्दैन ।
19. रोजगारी, लगानी लगायत व्यवसायको कारण धेरै व्यक्तिमा चिन्ता देखिएको छ । कोरोना संक्रमणको जगजगी लामो समय रहँदैन । त्यसपछि हाम्रो मेहेनतले जीवन अझै राम्रो हुनेछ ।
20. हामीले आफूलाई समय अनुसार परिवर्तन गर्नुपर्दछ । हाम्रा व्यवसाय परिवर्तन गर्नुपर्दछ । घाटा लाग्ने अवस्थामा कम घाटा खाने योजना बनाउनु पर्दछ । महामारीमा जीवनयापन गर्नको लागि हामीसँग धेरै विकल्प छन्, त्यसलाई चिन्न सक्नुपर्दछ ।
21. परिक्षणको दायरा बढेसँगै संक्रमितको पहिचान हुनेछ । संक्रमितको पहिचान हुनु, संक्रमितलाई स्वस्थ व्यक्तिसँग मिसिन नदिनु सकारात्मक विषय हो । यसले रोग नियन्त्रणमा ठूलो सहयोग गर्दछ ।
22. मन, प्रकृति र चेतनालाई ध्यानमार्फत एकाकार गरेर मनलाई शान्त गराउने, श्वासप्रश्वासको अभ्यास गर्ने, मनोरञ्जन गर्ने, खाली दिमाग नबस्ने, व्यायाम गर्ने, राति ८ घण्टा सुत्ने र सत्यको बाटोमा हिँड्ने गर्यौँ भने जीवन सुखमय हुन्छ ।
यी उपाय अपनाए कोरोनालाई सजिलै जित्न सकिन्छ :
खोटाङ । कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र राई घर फर्किएका छन् ।
गत जेठ ६ गते पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भोलिपल्टै उपचारका लागि कोभिड अस्पताल विराटनगरमा भर्ना भएका राई १४ दिनपछि बिहीवार घर फर्किएका हुन् ।
कोरोना जितेर अस्पतालबाट घर फर्कीए नगरपालिकाबाट सवारी साधन पुग्न बाँकी रहेकाले राईलाई पुनः अस्पतालमै राखिएको छ ।
सङ्क्रमण देखिएको दिनदेखि अहिलेसम्म सामान्य अवस्थामा रहनुभएका राईलाई जिल्ला फर्किएपछि १४ दिन होम क्वारेन्टिनमा बस्न लगाउने शर्तमा कोभिड अस्पतालले फर्काएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताएका छन् ।
सङ्क्रमित राई अस्पतालमा भर्ना भए पनि दुई–तीन दिनबाहेक औषधि सेवन नै नगरी निको भएका जनाइएको छ ।
काठमाडौंबाट गत वैशाख १२ र १३ गते नगरपालिकाले उद्धार गरेर ल्याइएका एक हजार ३१८ मध्ये ३४ जनाको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा उनलाई सङ्क्रमण देखिएको थियो ।
आफूलाई पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको दिन सामान्य रुघाखोकी लाग्नुबाहेक कुनै लक्षण नदेखिएको राईले बताए ।
“सङ्क्रमण पुष्टि हुनुभन्दा पहिले र अस्पतालले डिस्चार्ज गर्दासम्म कुनै समस्या भएको छैन”, उनले भने, “सङ्क्रमण देखियो भनेर आत्तिनुभन्दा उच्च मानोबलका साथ खानपान, शारीरिक व्यायाम र सरसफाइमा ध्यान दिइएमा कोरोना जित्न सकिने रहेछ १”
वैशाख १२ गते काठमाडौँबाट घर आउनुभएका राईलाई अस्पतालले घर पठाएसँगै उनलाई ल्याउन नगरपालिकाबाट सवारी साधन पठाइसकिएको नगरप्रमुख इवन राईले बताए ।
“अस्पतालबाट डिस्चार्ज भएको कुरा बिहीबार अबेर मात्र जानकारी भयो”, उनले भने, “नगरपालिकाबाट सवारी साधन पठाइसकिएकाले उनलाई ल्याएर स्वास्थ्यकर्मीकै सुझावमा होम क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ ।”
यसैबीच सोही नगरपालिकाका तीन व्यक्तिमा बिहीबार पुनः कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा वडा नं १ बाहुनीडाँडाका २१ वर्षीय दुई युवक र वडा नं ५ दुर्छिमका ४५ वर्षीय पुरुष छन् ।
भारतबाट आएका उनीहरुलाई सङ्क्रमण पुष्टि भएलगत्तै उपचारका लागि बिहीवार नै एम्बुलेन्समार्फत कोभिड अस्पताल विराटनगर पठाइएको नगरपालिकाले जनाएको छ । बाहुनीडाँडाका दुई युवक भारतको कानपुरबाट जेठ ११ गते र दुर्छिमका ४५ वर्षीय पुरुष भारतकै गोरखपुरबाट जेठ १६ गते गाउँ आएका थिए ।
रोजगारीको सिलसिलामा भारतमा बसेर आएका तीनै जनालाई नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट आएपछि उनीहरु परिवारको सम्पर्कमा पुग्न नपाए पनि दुर्छिमका सङ्क्रमितसँग रावाबेँसी गाउँपालिकाकाको खार्पाका एक र ऐसेलुखर्क गाउँपालिका बाकाचोलका एक व्यक्तिसँगै यात्रा गरेको खुलेको छ ।
सङ्क्रमित व्यक्तिसँगै यात्रा गरेर आउने उनीहरुको खोजी गर्ने काम भइरहेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले बताए ।
सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षणमा पठाउन जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रजिअ पौडेलले जानकारी दिए । दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाका चार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अन्य स्थानीय तहमा उच्च सतर्कता अपनाइएको छ ।
जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्र प्रवेश गर्ने नाका पूर्णरुपमा बन्द गर्नुका साथै कोरोना परीक्षणलाई तीव्रता दिएका छन् । रासस
यो पनि पढ्नुहोस् :
‘अधिकांश कोरोना संक्रमितमा कोभिड–१९ को लक्षण छैन ! ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया