काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । महामारीका कारण विश्वमा अहिलेसम्म ३ लाख ९३ हजार २१२ जनाको मृत्यु भईसकेको छ भने ६७ लाख २ हजार ६९९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३२ लाख ५१ हजार ५९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५५ हजार ४५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा अहिलेसम्म १ लाख १० हजार १७३ जनाको मृत्यु भएको छ भने १९ लाख २४ हजार ५१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७ लाख १२ हजार २५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३० हजार २८१ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ८३ हजार ८९९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १२ हजार ६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार ५१९ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा बिहीवार मात्रै २२ हजार २६८ जना संक्रमित थपिएका छन् भने १ हजार ३१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया