साउदीमा कोरोना भयावह उस्तै , ९३ हजार बढीमा संक्रमण

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण ६ सय ११ जना मानिसको ज्यान गइसकेको छ । भने ९३ हजार १ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा ३२ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै १ हजार ९ सय ७५ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा ६८ हजार ९ सय ६५ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने १ हजार ३ सय २१ जनाको अवस्था गम्भिर रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ८९ हजार ६ सय ९२ जना मानिसको मृत्यु भइसकेको छ । भने ६६ लाख ३५ हजार २ सय ३७ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ३२ लाख १ हजार ५ सय ४० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?