काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनीले दक्षिण कोरियालाई धम्की दिएकी छिन् । सीमामा उत्तर कोरियाविरोधी गतिविधि भएको भन्दै यस्ता गतिविधि जारी रहे सिओलसँगको दुईपक्षीय सैन्य सम्झौता रद्द गर्ने चेतावनी उनले दिएकी हुन् । उनले धम्की दिएको केही घण्टामा दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरिया विरोधी अभियानमा रोक लगाउने बताएका छन् ।
किम यो जोङ उत्तर कोरियाली नेताकी बहिनी र मुख्य सल्लाहकार हुन् । यसअघि ५ लाख बेलुनमा लुकाएर यसै साता उत्तर कोरियाका विद्रोहीहरुले सीमा क्षेत्रमा विभिन्न पर्चा फालेका थिए । योनहाप न्युज एन्जेसीका अनुसार यस पर्चामा उत्तरको आणविक खतराका विषयमा आलोचना गरिएको थियो । त्यसअघि किमको सत्ताले गरेका मानव अधिकार हननका घटना समावेश गरेर सन्देश पठाइएको थियो ।
जवाफमा किमकी बहिनीले २०१८ को अन्तर–कोरियाली सैन्य सम्झौतालाई च्यातेर फालिदिने धम्की दिएकी थिइन् । यस सम्झौतामा युद्धको व्यवहारिक जोखिम अन्त्य गर्ने प्रतिवद्धता जनाइएको छ । रोयटर्सका अनुसार उनले यो सम्झौता ‘मुस्किलले कुनै महत्त्वको रहेको बताएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया