अमेरिकी राष्ट्रपति ट्रम्पले खाने औषधिले कोरोनाबाट बचाउँदैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्दै आएको हाइड्रोक्सिक्लोरोकिन औषधिले कोरोनाबाट बचाउन नसक्ने ठहर वैज्ञानिकहरुले गरेका छन् । मिनेसोटा विश्वविद्यालयको नयाँ अध्ययनको यो निष्कर्ष बुधबार न्यु इङल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको हो ।

गत महिना आफ्ना एक सहयोगीमा कोरोना भाइरस देखिएलगत्तै राष्ट्रपति ट्रम्पले आफुले कोरोनाबाट जोगिनका लागि हाइड्रोक्सिक्लोरोकिन प्रयोग गर्ने गरेको बताएका थिए । यो औषधि मलेरियाको रोकथाम र उपचारमा प्रयोग गरिन्छ ।

मिनेसोटा विश्वविद्यालयले गरेको यस अध्ययनबारे पछिल्लो केही महिनादेखि सञ्चारमाध्यममा समाचार आइरहेका थिए र नयाँ अध्ययनका लेखक डेभिड बोलवेरले राष्ट्रपतिका चिकित्सकहरुबाट अध्ययनका क्रममा आफुलाई इमेल प्राप्त भएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?