काठमाडौं । मिनियापोलिसको पुलिस हिरासतमा मृत्यु भएका जर्ज फ्लोयडको पोस्टमार्टम रिपोर्ट बुधवार आएको छ ।
रिपोर्टमा उनी कोरोना भाइरसबाट संक्रमित रहेको पाइएको हो ।
हेनेपिंग काउन्टीका चिकित्सा परीक्षक कार्यालयले फ्लोयडको परिवारसँग अनुमति लिँदै २० पन्नाको रिपोर्ट तयार पारेको थियो ।
मृत्युको कारण पत्ता लगाउन भन्दै गरिएको रिपोर्टमा फ्लोयडलाई अप्रिल महिनामा कोरोना संक्रमण भएको जानकारी मिलेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको मृत्यु पुलिस अधिकारीले घाँटी थिचेर मारेको बताइएको छ ।
८ मिनेट ४६ सेकेण्डसम्म पुलिस अधिकारीले घााँटी थिचेर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अमेरिकाका १४० भन्दा धेरै शहरमा प्रदर्शन भएको थियो ।
साथै ४० वटा शहरमा कर्फ्यू समेत लगाईएको थियो । उनमा ३ अप्रिलका दिन कोरोना संक्रमण पुष्टि भएको रिपोर्टबाट पत्ता लागेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया