काठमाडौं । खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म ६२ हजार १ सय ६० जना मानिसमा कोरोना संक्रमण देखिएको र ४५ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ ।
त्यस्तै आज मात्र १ हजार ९ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । कतारमा आजे मात्र २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कतारमा ३७ हजार ५ सय ४२ जना स्वास्थ्य लाभ पछि घर फर्केका छन् ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ८४ हजार ६ सय ४२ जना मानिसको मृत्यु भइसकेको छ । भने ६५ लाख १३ हजार ८ सय ९० जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ३१ लाख ९ सय ७१ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया