अमेरिकामा सेना परिचालन

काठमाडौं । अश्वेत नागरिक जर्ज फ्लोयडलाई पुलिसले हिरासतमा घाँटी थिचेर हत्या गरेपछि हिँसात्मक गतिविधिहरु भईरहेका छन् ।

अहिलेसम्म देशका १४० भन्दा धेरै शहरमा आन्दोलन भईरहेको छ । प्रदर्शन राजधानी वाशिंगटनडीसीसम्म पुगेको छ ।

जर्ज फ्लोयडको मृत्यु भएपछि विरोध गर्न उत्रिएका प्रदर्शनकारीहरुले आईतवार ह्वाइट हाउसमा नारबाजी गर्दै त्यहाँ रहेका सवारीसाधनहरुमा तोडफोड र आगो लगाएका थिए । हिंसा रौक्नका लागि अहिलेसम्म ४ हजार भन्दा धेरै प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ । साथै वाशिंगटनमा कर्फ्यू लगाईएको छ ।

वाशिंगटनका केहि क्षेत्रमा चोरी तथा आगजनी भएको खबर आएको छ । त्यहाँको स्थिती यस्तो बनिसकेको छ कि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार साँझ नै ठूलो संख्यामा सेना परिचालन गर्ने निर्णय लिएका थिए ।

त्यसपछि सेनाले मोर्चा सम्हालेको थियो । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने,गएको दिन वाशिंगटन विश्वकै सबैभन्दा सुरक्षित स्थान थियो ।

चर्चमा पनि लगाइयो आगो

प्रदर्शनकारीहरुले वाशिंगटनमा रहेको चर्चमा पनि आगो लगाएका छन् । चर्च अफ प्रेजिडेन्ट्स नामको ऐतिहासिक सेन्ट जोन्स एपिस्कोपल चर्चमा आगो लगाएका थिए । त्यहाँको स्थिति नियन्त्रण गर्न प्रहरीले रबरको गोलीको प्रयोग समेत गरेका थियो ।

२४ राज्यमा १७ हजार जवान तैनाथ

यसैबीच वाशिंगटन समेत देशका विभिन्न भागमा भईरहेको प्रदर्शनलाई नियन्त्रण गर्नका लागि राष्ट्रपति ट्रम्पले सेना तैनाथ गर्ने फैसला गरेका थिए ।

मंगलवार २४ राज्यमा करिव १७ हजार जवानहरु तैनाथ गरिएको बताइएको छ । राष्ट्रपति ट्रम्पले जर्ज फ्लोयडको हत्या भएकोमा अमेरिका दुखी रहेको र आफ्नो मनमा उक्त घटनाप्रति दुख लागेको बताएका छन् ।

उनले जर्ज फ्लोयड र उनको परिवारलाई न्याय दिलाउन आफूले लागिरहेको पनि बताएका छन् । उनले जर्ज फ्लोयडका दोषीलाई कारवाही गरिने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?