काठमाडौं- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत- चीनबीचको वरिष्ठ सैन्यस्तरको वार्ता ६ जुनमा हुने बताएका छन् ।
मंगलबार भारतीय टेलिभिजन च्यानल न्युज १८ सँग कुरा गर्दै सीमा समस्याका विषयमा वरिष्ठ सैन्यस्तरको वार्ताको मिती घोषणा गरेका हुन् ।
उनले पछिल्लो लद्दाख विवादको विषयमा वरिष्ठ सैन्यस्तरको टोलीले ६ जुनमा चिनियाँ टोलीसँग वार्ता गर्दैछ । भन्ने जानकारी दिएका हुन् । उनले भनेका छन्, मलाई विश्वास छ कि शान्तिपूर्ण रुपमा समस्या समाधान हुनेछ । दोक्लाममा पनि त सन् २०१७ मा ७३ दिनसम्म लडाइ भएको थियो । चिनियाँ नेतृत्वले पनि यो विवादको समाधान वार्ताका माध्यमबाट गर्ने बताइसक्नु भएको छ ।
अन्तर्वार्तामा उनले , ‘चीन भारतको छिमेकी हो । हामीले कसैलाई पनि भारतको शत्रु करार गरेका छैनौं । यद्यपि पाकिस्तासमेत हाम्रो छिमेकी हो । तर, यदि कसैले हामीलाई पीडा पुर्याउँछ भने हामीले आफ्नो अधिकारको रक्षाका लागि प्रतिक्रिया दिनैपर्छ ।’ भनेका छन् ।
अर्को एक प्रश्नमा उनले अमेरीकी राष्ट्रपतिप्रति लक्षित गर्दै थपे, दुवै मुलुकबीच समस्या समाधानका लागि सुदृढ संयन्त्र छ । यसका लागि कुनै तेस्रो पक्षको आवश्यकता छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया