मंगलवार भारतमा अहिलेसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ८२ हजार ४१२ जनाको मृत्यु भईसकेको छ भने ६४ लाख ८५ हजार ५७१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३० लाख १० हजार ६९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८२९ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार १९१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २८५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा मंगलवार मात्रै ८ हजार ८२१ जना संक्रमित थपिएका छन् । यो भारतमा एकैदिनमा थपिएका अहिलेसम्मकै धेरै संक्रमित हुन् । त्यस्तै मंगलवार नै भारतमा २२१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?