बंगलादेशले हटायो लकडाउन

काठमाडौं । कोरोनाको बढ्दो प्रकोपका बीच बंगलादेशले लकडाउन हटाएको छ ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै लकडाउन हटाएको बारेमा आफ्ना नागरिकहरुलाई जानकारी दिएको हो । तर बंगलादेश सरकारले मास्क लगाउन र सोसल डिस्टेन्सिङ भने कायम गरिराख्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।

बंगलादेशमा यो समाचार तयार पार्दासम्म ७०९ जनाको मृत्यु भईसकेको छ भने ५२ हजार ४४५ जनालाई संक्रमण भएको छ ।

आज मात्रै त्इहाँ २ हजार ९११ जना संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्युु भईसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?