अब ‘मास्क’ नखोलिकनै खाना खान सकिने

लोकपथ संवाददाता
0
Shares
FILE – In this Jan. 24, 2020, file photo an employee works to prevent a new coronavirus at Suseo Station in Seoul, South Korea. On Friday, Jan. 24, 2020, The Associated Press reported on the false claim that the coronavirus outbreak spreading from China is nothing new and that patents were created around it years ago. The patents being shared online are not related to the new respiratory virus that has sickened hundreds of people in China and caused concern around the world. (AP Photo/Ahn Young-joon, File)

काठमाडौं । यस बेला सारा विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । यस महामारीको बारेमा नयाँ नयाँ अनुसन्धान भईरहेका छन् ।

अहिलेसम्म कोरोना भाइरसको कुनै भ्याक्सीन पत्ता बन्न सकेको छैन । भ्याक्सीन नबनेको कारणले महामारबिाट बच्नको लागि सामाजिक दुरी कायम गर्ने र मास्क लगाएर यसबाट बच्ने उपाय अपनाईरहिएको छ ।

मास्क त जुन कुनै बेला पनि लगाउन आवश्यक रहेको डाक्टरहरुले सल्लाह दिइरहेका छन् । तर आवश्यक कामको लागि भने मास्क खोल्नै पर्ने थियो ।

खाना खाँदा मासक खोलेर खानुपर्ने समस्या अब हटेको छ । किनभने इजरायलको एक कम्पनीले अनौठो मास्कको निर्माण गरेको छ ।

जुन मास्क नखोलि कनै खान खान सकिन्छ । खाना खानकै लागि भनेर अब मास्क खोल्नु पर्दैन । जसकारण कोरोना भाइरस फैलिने खतरा कम हुन्छ ।

यसको प्रयोग कसरी गर्ने ?

मेसिनसँग जोडिएको मास्कलाई रिमोटको माध्यमबाट प्रयोग गर्न सकन्छ । कोरोनाबाट बच्नको लागि यो स्पेशल मास्क बनाउने कम्पनीका अनुसार रिमोट कन्ट्रोलको सहयोगमा मास्क लगाउनेले प्रयोग गर्न सक्छ ।

साथै कम्पनीले डिभाइस अटोमेटिक काम गर्ने किससिमको भएको दाबी गरेको छ ।

कम्पनीका अनुसार चम्चा जब खानेकुरा लिएर मुख नेर पुग्छ तब मास्क स्वयं नै खुल्छ ।

कम्पनीका भाइस प्रेसिडेन्ट असाफ गिटेलेसले मास्क रिमोटको माध्यमबाट खोल्न मिल्ने बताएका छन् ।

साथै चम्चा मुखमा लगिसकेपछि आफैँ खुल्ने पनि उनले बताएका छन् । तर अहिले नै यो मास्क बजारमा आईसकेको छैन ।

मास्क अन्य भन्दा धेरै महंगो पनि रहेको छ । अन्य मास्कको तुलनामा यो मास्क २.८५ डलर बढी रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?