काठमाडौं । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (ICMR) का वरिष्ठ वैज्ञानिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी रहेका ठाउँमा सबैलाई परीक्षण गर्न शुरु गरिएको छ । मुम्बईका उक्त वैज्ञानिक केहि दिन पहिला मात्र दिल्ली आएको र आईतवार उनमा स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ पाइएको बताइएको छ ।
उनी मुम्बईको राष्ट्रिय प्रजनन स्वास्थ्य अनुसन्धान संस्थानका रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिले त्यहाँ काम गर्ने कर्मचारीहरुलाई घरबाटै काम गर्न लगाइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया