भारतमा कोरोनाको प्रकोप जारी : आईतवार अहिलेसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यतिबेला सारा विश्व नै ग्रस्त बनेको छ ।

अहिलेसम्म विश्वमा ३ लाख ७३ हजार ८७२ जनाको मृत्यु भएको छ भने ६२ लाख ६३ हजार ७५८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २८ लाख ४६ हजार ७१३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ४०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको कुल संख्या ५ हजार ४०८ पुगेको छ भने १ लाख ९० हजार ६०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९१ हजार ८५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा आईतवार मात्रै ८ हजार ७८२ जना संक्रमित थपिएका छन् । जो एकैदिनमा भारतमा थपिएका कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो ।

त्यस्तै आईतवार नै भारतमा महामारीका कारण २२३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?