लकडाउनमा घर फर्किने क्रममा ८० जनाको रेलमै मृत्यु

काठमाडौं । भारतमा लकडाउनका क्रममा घर फर्किएका ८० जनाको रेलमै मृत्यु भएको छ ।

आप्रवासी मजदूरलाई उनीहरुको घरसम्म पुर्याउन सञ्चालनमा ल्याइएको श्रमिक स्पेसल रेलमा यात्रा गरेकामध्ये ८० जनाको मृत्यु भएको रेलवे प्रोटेक्सन फोर्सले जनाएको छ । मे ९ देखि २७ सम्म यात्रा गर्नेमध्ये ८० जनाको रेलमै मृत्यु भएको हो।

आफ्नो घर सम्म पुग्नका लागि अहिलेसम्म २७ लाख ३ हजार ८ सय ४० जनाले यही रेलको सेवा लिएका छन्।

गत बुधवार मात्र पनि ९ जनाको मृत्युको खबर सार्वजनिक भएको थियो । तर रेल मन्त्रीले मृत्युको कारण कोरोना नभइ अन्य रोग रहेको दाबी गरेका थिए ।

कतिपयको रोगका कारण मृत्यु भएको हो भने कतिपयले गर्मी र भोकका कारण पनि ज्यान ज्यान गुमाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?