कोरोनाको प्रकोप : ब्राजिलमा एकैदिनमा थपिए अमेरिकामा भन्दा धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यतिबेला सारा विश्व त्रस्त छ । विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ६६ हजार ८१२ जनाको मृत्यु भईसकेको छ भने ६० लाख ३१ हजार २३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २६ लाख ५९ हजार २७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ७३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच ब्राजिलमा पछिल्लो समय कोरोना भाइरसको प्रकोप अत्याधिक फैलिँदै गईरहेको छ । यो समाचार तयार पार्दासम्म ब्राजिलमा २७ हजार ९४४ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ६८ हजार ३३८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै अहिलेसम्म त्यहाँ १ लाख ९३ हजार १८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यहाँ शुक्रवार मात्रै २९ हजार ५२६ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १८० जनाको मृत्यु भएको छ ।

पछिल्ला केहि दिन यता ब्राजिलमा अमेरिकामा एकैदिन थपिने संक्रमित भन्दा धेरै संक्रमित थपिँदै गईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?