कोरोनाको प्रकोप : महामारीको उच्च जोखिममा मेक्सिको, एकैदिन सयौँको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ६६ हजार ८१२ जनाको मृत्यु भईसकेको छ भने ६० लाख ३१ हजार २३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २६ लाख ५९ हजार २७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३ हजार ७३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच पछिल्लो समय मेक्सिको कोरोना भाइरसको हट स्पोट बन्दै गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ ९ हजार ४१५ जनाको मृत्यु भईसकेको छ भने ८४ हजार ६२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ३ हजार २२७ जना संक्रमित थपिएका छन् भने आजै ३७१ जनाको मृत्यु भईसकेको छ ।

मेक्सिकोमा ५९ हजार ६१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वस्थ्य अवस्था गम्भीर रहेको छ ।

मेक्सिकोमा शुक्रवार मात्र ३ हजार ३७७ जना संक्रमित थपिएका छन् भने ४४७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?