काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण अहिले सारा विश्वनै त्रस्त छ । छिमेकी मुलुक भारतमा पनि कोरोनाको असर देखिएको छ । कोरोनाका कारण भारतमा ४ हजार ९ सय ७१ जनाको कोरोनाका कारण ज्यान गएको छ । भारतमा १ लाख ७२ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै ८१ हजार ८ सय ४२ जना कोरोना संक्रमण जितेर घर फर्केका छन् । भारतमा बितेको २४ घण्टामा ७ हजार १ सय ८३ जनामा कोरोना देखिएको छ । त्यस्तै आजै २ सय ६० जनाले ज्यान गुमाएका छन् । भारतमा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ ।
त्यस्तै विश्वभर यो समाचार तयार पार्दासम्म विश्वभर ५९ लाख ६२ हजार ९ सय ४४ भन्दा बढी कोरोना संक्रमित पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । यसैगरी ३ लाख ६३ हजार ९सय ५ जनाको मृत्यु भएको छ भने हालसम्म २६ लाख २८ हजार ३ सय बढी मानिस निको भएका छन् ।
भाइरसबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा १ लाख ३ हजार ६ सय ७४ जनाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया