छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन

काठमाडौं । भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ । लामो समयसम्म प्रदेशस्तरको राजनीतिमा नेतृत्व गरेका प्रभावशाली नेता जोगीको शुक्रबार एक निजी अस्पतालमा निधन भएको हो ।

उनलाई गत २० दिनदेखि अस्पतालमा उपचार गराइएको थियो । उनी ७४ बर्षको थिए । उनकी श्रीमती रेनु जोगी प्रदेश सभा सदस्य हुन् भने छोरा अमित जोगी प्रदेश सभाका पुर्व सदस्य हुन् ।

“स्थानीय समय अनुसार दिउसो ३।३० मा उहाँले अन्तिम स्वास फेर्नुभयो, त्यसपछि विदा हुनुभयो,” अस्पतालका एक चिकित्सकले भने ।

उनलाई स्थानीय श्री नारायण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रश्वाससम्वन्धी समस्या उत्पन्न भएको अस्पतालका मेडिकल डाइरेक्टर डा सुनिल खेम्काले जानकारी दिए ।

कर्मचारीबाट राजनीतिमा प्रवेश गर्नुभएका जोगीले छत्तिसगढ प्रदेशको पहिलो मुख्यमन्त्री हुदै सन् २०० देखि २००३ सम्म मुख्यमन्त्री भएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?