काठमाडौं । छिमेकी देश भारतमा बितेको २४ घण्टामा ७ हजार २ सय ६२ जनामा कोराना संक्रमण फैलिएको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ६५ हजार ३ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म ४ हजार ७ सय १० जनाको कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म ७० हजार ७ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । वल्डोमिटरको तथ्यांक अनुसार संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म विश्वभर ५८ लाख ५४ हजार ३ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ लाख ५९ हजार ८ सय ४२ जनाको मृत्यु भएको छ । त्यस्तै २५ लाख ४० हजार १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै ५२ हजार ९ सय ४६ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटरको तथ्याङ्कले देखाउछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया