ट्वीटरको चेतावनी पछि ट्रम्पले दिए यस्तो धम्की

काठमाडौं । ट्वीटरले पहिलो पटक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई ट्वीटमा मंगलवार चेतावनी दिएको थियो ।

ट्वीटरको उक्त चेतावनी पछि अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको चुनावमा हस्तक्षेप गर्ने आरोप लगाउँदै सामाजिक सञ्जाल ट्वीटर बन्द गरिदिने धम्की दिएका छन् ।

ट्रम्पले मंगलवार आफ्नो ट्वीटमा मेलको माध्यमबाट मेल चोरी गर्ने भन्दै एक ट्वीट गरेका थिए ।

उक्त ट्वीट पछि ट्वीटरले ट्रम्पलाई त्यसको प्रमाण माग्दै मेल इन ब्यालेटको बारेमा सही तथ्य जान्न सुझाएको थियो । तर ट्रम्पले उक्त ट्वीटरको चेतावनी मानिसको स्वतन्त्रताविरुद्ध भएको प्रतिक्रिया दिँदै आएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?