अमेरिकामा एकै दिन १० हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख १ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण १ लाख १ हजार ३ सय ५९ जना मानिसको ज्यान गइसकेको छ ।

बितेको २४ घण्टामा १० हजार ४८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १७ लाख ३५ हजार ३ सय २३ पुगेको छ । हालसम्म ४ लाख १ हजार ९ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । वल्डोमिटरको तथ्यांक अनुसार संक्रमित मध्ये १७ हजार १ सय ५८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण अमेरिकामा ७ सय ८७ जनाको ज्यान गइसकेको छ ।

अमेरिकाको न्यूयोर्कमा मात्र कोरोनाको कारण हालसम्म २९ हजार ४ सय ५१ जनाको ज्यान गइसकेको छ । भने ३ लाख ७३ हजार ६ सय २२ जना कोरोना संक्रमणको शिकार भएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३ लाख ५४ हजार ७ सय ६२ जनाको मृत्यु भइसकेको छ भने ५७ लाख ४१ हजार ८ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ भने २४ लाख ७० हजार ५ सय ४७ जना कोरोनामुक्त भइ घर फर्केका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?