काठमाडौं । मिनियापोलिसका चार पुलिस अधिकारीहरुले एक अश्वेत व्यक्तिको घाँटी थिचेर हत्या गरेका छन् ।
यसको भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल भईरहेको छ । भिडियोमा पुलिसहरु आफ्नो घुँडाले थिचेर एक अश्वेतलाई मारिरहेको देख्न सकिन्छ ।
अहिले प्रशासनका अनुसार एफबीआईले यसबारेमा थप अनुसन्धान गरिरहेको छ । भिडियो सोसल मिडियामा भाइरल बनेपछि अमेरिकामा आक्रोश फैलिएको छ । मेयर ज्याकब फ्रेले यस घटनाको निन्दा गरेका छन् ।
अधिकारीहरुले जर्ज फ्लोयडलाई समात्नका लागि प्रयोग गरेको नियम पुलिस विभागको विपरित भएको बताएका छन् ।
यो घटना सोमवार साँझ भएको हो । त्यसपछि प्रशासनले घटनामा संलग्न भएको भन्दै ४ पुलिसलाई कामबाट बर्खास्त गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया