भारत-चीन सीमा विवादित क्षेत्र लद्दाखमा चीनले तैनाथ गर्यो ‘फाइटर जेट्स’

काठमाडौं । चीनका राष्ट्रपति शी जिनपिङले युद्धका लागि आफ्ना सेनालाई तयार रहन आदेश दिएपछि चीनका सेनाले भारत र चीन सीमावर्ती क्षेत्र लद्दाख नजिकै दुई फाइटर जेट्स विमान तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनले सीमावर्ती क्षेत्र लद्दाखमा आफ्ना सेना मात्र नभएर दुई लडाकु विमान जे ११ र जे १६ एस तैनाथ गरेको हो ।

चीनले नगरीगुन्सा एयरबेसमा दुई लडाकु विमान तयार पारेको कुरा स्याटेलाइटको तस्वीरबाट पत्ता लागेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

त्यहाँ विभिन्न अन्य लडाकु विमान पनि ल्याण्डिङ भएको बताइएको छ । साथै चीनले उक्त क्षेत्रमा नयाँ हवाई पट्टीको निर्माण शुरु गरेको बताइएको छ ।

उक्त क्षेत्रमा चीनले राष्ट्रपतिको आदेपछि विभिन्न आवश्यक सामाग्रीहरु ल्याएको बताएको छ ।

केहि समय यता चीन र भारतको सीमावर्ती क्षेत्र लद्दाख र सिक्कीमका केही क्षेत्रमा विवाद भईरहेको छ ।

केहि दिनयता दुबै देशका सेनाहरुको बीचमा झडप समेत भएको छ । जसका कारण केहि सैनिकहरु घाइते समेत भएका छन् ।

एजेन्सीको सहयोगमा

सेनालाई युद्धका लागि तयार रहन चीनका राष्ट्रपति शी जिनपिङको आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?