सेनालाई युद्धका लागि तयार रहन चीनका राष्ट्रपति शी जिनपिङको आदेश

काठमाडौं । चीनका राष्ट्रपति शी जिनपिङले सबैभन्दा नराम्रो स्थितीको कल्पना गर्दै आफ्ना सेनासँग युद्धका लागि तयार रहन मंगलवार आदेश दिएका छन् ।

साथै उनले दृढताका साथ आफ्नो देशको सीमानाको रक्षा गर्नका लागि तयारी अवस्था रहन आग्रह गरेका छन् ।

देशको सत्तारुढ चीनको कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव तथा करिव २० लाख सैनिकहरुका प्रमुख ६६ वर्षीय शीले त्यहाँ चलिरहेको संसद सत्रको समयमा पीपुल्स लिबरेशन आर्मी (पीएलए) र पीपुल्स आर्म पुलिस फोर्सको प्रतिनिधित्वको पूर्ण बैठकमा भाग लिँदै यस्तो युद्धका लागि आफू तयार रहनुपर्ने बताएका हुन् ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाको खबरका अनुसार शीले सेनालाई यो अवस्था खराब भएको र आफू युद्धको लागि तयार रहनुपर्ने बताएका हुन् ।

भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाख २० दिन यता भारत र चीन सीमा विवादका कारण तनाव ग्रस्त बनेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?