भारतमा कोरोनाको प्रकोप झनै बढ्दै : कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ३ लाख ५२ हजार २२५ जनाको मृत्यु भएको छ भने ५६ लाख ८४ हजार ८०२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २४ लाख ३० हजार ५९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ३४४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५० हजार ७९३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६४ हजार २७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा मंगलवार मात्र ५ हजार ८४३ जना संक्रमित थपिएका छन् भने १७२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?