भारत र चीनबीच सीमानामा तनाव, चीनले बढायो ६ हजार सैनिक

काठमाडौं । भारत र चीन सीमा लद्दाख क्षेत्रमा चीनसँग भारतीय सैनिकको यही महिना तीनपटक झडप भइसकेको छ ।

त्यसैले अहिले चीनले यहाँ आफ्नो सैनिक संख्या ६ हजारले बढाएको छ । भारतले पनि सेना बढाउँदैछ । यस्तोमा सीमा क्षेत्रमा तनाव थप लम्बिने आशंका भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

भारतीय सैनिक स्रोतका अनुसार पूर्वी लद्दाख मा ५ मेइमा भएको झडपमा चीनका सैनिकले भारतीय जवानमाथि डन्डा, काडेंतार र ढुंगाले आक्रमण गरेका थिए । न्युज एजेन्सी एनएनआईले सैनिक स्रोतको हावाला दिदैं लेखेको छ, ‘चिनियाँ सेनाको रवैया पाकिस्तान समर्थित ती पत्थरबाजजस्तै थियो, जसले कास्मिरमा भारतीय जवानलाई मार्छन् ।’ भारतीय मिडियाका अनुसार यस क्षेत्रमा चीनको सैनिक संख्या भारतभन्दा ठूलो थियो र यो अनप्रोफेसनल तरिकाले भिडन्तमा उत्रियो । चिनियाँ सेना गुन्डाजस्तै रहेको आरोप भारतीय सञ्चारमाध्यमले यतिबेला लगाइरहेका छन् ।

यस महिना सीमा क्षेत्रमा भारत र चीनबीच तीनपटक झडप भइसकेको छ ।

५ मेइमा पूर्वी लद्दाखको पैंगोन्ग झिलमा साँझ भारत र चीनका २ सय सैनिक आमने–सामने भएका थिए । यस क्रममा दुबैले ढुंगामुडा गरे । पछि, दुबैतर्फका अधिकृतहरुबीच वार्ता भयो र भिडन्त सकियो ।

९ मेइमा उत्तरी सिक्किमस्थित १६ हजार फिटको उचाईमा रहेको नाकुला सेक्टरमा भारत र चीनका १ सय ५० सैनिक भिडन्तमा उत्रिए । यस झडपमा दुबैतर्फका गरी कुल १० सैनिक घाइते भएका थिए । यहाँ पनि अफिसरहरुले वार्ता गरेपछि समस्या सुल्झियो । ९ मेइमै चीनले लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोलमा आफ्नो हेलिकोप्टर पठायो, चीलने हेलिकोप्टर सीमामा पठाएको थाहा पाएपछि भारतले पनि यहाँ लडाकु विमान पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?