आइतवारको तुलनामा सोमवार संक्रमितको संख्यामा केही कमी

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टायता आइतवारको तुलनामा सोमवार संक्रमितहरु केही कमी देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् । यस अघिल्लो दिन ६ हजार ९७७ जना संक्रमित भेटिएका थिए ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ४५ हजार ३८० पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४६ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार १६७ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?