कोरोनाको प्रकोप : भारतमा झनै बढ्न थाले संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले विश्व ग्रस्त र त्रस्त बनेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४७ हजार ८७३ जनाको मृत्यु भईसकेको छ भने ५५ लाख ८८ हजार ३५६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २३ लाख ६५ हजार ७१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३ हजार १६७ जनाको स्वस्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४ हजार १७२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४४ हजार ९५० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६० हजार ७०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा सोमवार मात्रै ६ हजार ४१४ जना संक्रमित थपिएका छन् भने १४८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?