काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४६ हजार ७१९ जनाको मृत्यु भईसकेको छ भने ५५ लाख २६८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २३ लाख २ हजार २७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार २२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ४ हजार २४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३८ हजार ५३६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५७ हजार ६९२ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै भारतमा आईतवार मात्रै ७ हजार ११३ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या एकैदिनमा थपिएका अहिलेसम्मकै धेरै संख्या हो ।
त्यस्तै आईतवार नै भारतमा १५६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया