ब्राजिलमा कोरोनाको कारण २२ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं । ब्राजिलमा बितेको २४ घण्टामा ५ हजार १ सय २५ जना मानिसलाई कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण २२ हजार २ सय २८ जना मानिसको ज्यान गइसकेको छ । भने ३ लाख ५२ हजार ५ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म त्यहाँका १ लाख ४२ हजार ५ सय ८७ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ७५ जनाले ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ४५ हजार १ सय ५७ जना मानिसको मृत्यु भइसकेको छ । भने ५४ लाख ५८ हजार ४ सय ८८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या २२ लाख ८४ हजार २ सय २४ जना रहेका छन् ।

यसैगरी, संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ९८ हजार ८ सय ३४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ७ हजार ९० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ लाख ७३ हजार ९ सय १८ पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

अमेरिकामा हालसम्म कोरोना उपचारपछि ४ लाख ४९ हजार २५ जना घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा १ सय ५१ जना मानिसको ज्यान गएको छ । भने संक्रमितमध्ये १७ हजार ३ सय ३० जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?