भारतीय सेना चीनको नियन्त्रणमा

काठमाडौं । चीनका सेनाले भारतीय सेनाको एक टोलीलाई नियन्त्रणमा लिएको छ ।

भारत-चीन सीमा क्षेत्रमा गस्ती गरिहेको भारतीय सेनालाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एक टोलीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अनुसार गत बुधवार लद्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएर हतियारसमेत खोसेको बताइएको छ ।

चिनियाँ सेनाले भारतको ‘इन्डो–तिब्बतीयन बोर्डर पुलिस’ (आइटिबीपी) को एउटा टोलीलाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रण लिएको केहि समयपछि नै चिनियाँ सेनाले भारतीय सेनालाई छोडिदिएको जनाएको छ । पछिल्लो समय भारत र चीनबीच सीमा बारे विवाद बढ्दै गएको छ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?