काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
महामारीका कारण विश्वमा अहिलेसम्म ३ लाख ४३ हजार ९८३ जनाको मृत्यु भईसकेको छ भने ५४ लाख ५ हजार १४८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २२ लाख ४७ हजार ३२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ५६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ३ हजार ८६९ जनाको मृत्यु भएको छ भने १ लाख ३१ हजार ९२० जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १ जनाको मृत्यु भईसकेको छ भने आजै ४९७ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै भारतमा अहिलेसम्म ५४ हजार ४४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
भारतमा शनिवार मात्र ६ हजार ६२९ जना नयाँ संक्रमित थपिएका छन् ।
जो अहिलेसम्मकै धेरै संक्रमित शनिवार एकदिनमै थपिएका हुन् । त्यस्तै शनिवार नै भारतमा १४२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया