भारतको क्वारेन्टाइनमा रहेका नेपालीको मृत्यु

काठमाडौं । भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ ।

रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको आज मृत्यु भएको भारत नौतनवाका एसडीएम जसधिर सिंहले बताए ।

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले आफुहरुले पनि क्वारेन्टाइनमा बसेका चिसापानीका एकजनाको मृत्यु भएको जानकारी पाएको बताएकाखझन् उनले थप जानकारी लिने प्रयासमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?