एक अर्ब ३५ करोड जनसंख्या भएको देशमा सवा लाख मात्र संक्रमित : भारतीय स्वास्थ्यमन्त्री

काठमाडौं । भारतीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनले एक अर्ब ३५ करोड जनसंख्या रहेको भारतमा कोरोना भाइरसका जम्मा १ लाख २५ हजार मात्र संक्रमित भएको बताएका छन् ।

उनले भने– आज हामीकहाँ तीन प्रतिशत मात्र मृत्युदर रहेको छ र सवालाख मात्र कोरोना भाइरसका संक्रमित रहेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको अध्यक्षको कार्यभार संहालेपछि आज सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् ।

उनले भारतले कोभिड-१९ को नियन्त्रण र रोकथामका क्षेत्रमा प्रभाकारी रुपमा काम गरिरहेको जानकारी पनि सो अवसरमा दिएका थिए । उनले भारतमा कोरोना भाइरसका संक्रमितहरुको निको हुने दर ४० प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै यसलाई सकारात्मक रुपमा लिनुपर्ने पनि बताए ।

उनले भने– भारतमा निको हुने दर ४० प्रतिशत भन्दा बढी छ र यहाँका संक्रमितहरुको संख्या पनि १३ दिनपछि मात्र दोब्बर हुने गरेको छ । भारतले कोभिड १९ का विरुद्धमा प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिए । उनले आगामी दिनमा अझै थप सतर्कता लिएर प्रभावकारी रुपमा काम गर्ने पनि बताए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?