काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४० हजार ३ जनाको मृत्यु भईसकेको छ भने ५३ लाख ३ हजार ९९२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २१ लाख ५८ हजार ५६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ५८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ७२६ जनाको मृत्यु भईसकेको छ भने १ लाख २४ हजार ७९४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५१ हजार ८२४ जना उपचार पछि निको भएका छन् । भारतमा शुक्रवार अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका छन् ।
भारतमा शुक्रवार ६ हजार ५६८ जना संक्रमितहरु थपिएका छन् भने १४२ जनाको शुक्रवार नै मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया