अमेरिकामा २४ घण्टामा २४ हजार संक्रमित थपिए, कति पुगे मृतक ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यतिबेला सारा विश्व ग्रस्त छ । अहिलेसम्म विश्वमा महामारीबाट ३ लाख ४० हजार ३ जनाको मृत्यु भईसकेको छ भने ५३ लाख ३ हजार ९८८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २१ लाख ५८ हजार ५५६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४४ हजार ५८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण अमेरिकामा ९७ हजार ६४७ जनाको मृत्यु भईसकेको छ भने १६ लाख ४५ हजार ९४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ३ हजार २०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्युयोर्कमा २९ हजार ९ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६७ हजार ९३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा १० हजार ९८६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५४ हजार ३४९ जनालाई संक्रमण भएको छ ।

बितेको २४ घण्टामा अमेरिकामा २४ हजार १९७ जना संक्रमित थपिएका छन् भने १ हजार २९३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?