काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ५८ जना नेपालीको शव विदेशमै जलाउन आफन्तले सहमति दिएका छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपालमा शव ल्याउन कठीनाइ भएका कारण विदेशमै शव जलाउन परिवारले सहमति प्रदान गरेको जनाएको छ ।
जसअनुसार युएईमा ३२, साउदीमा ७, मलेसियामा २, कतारमा ६, बहराइन र सेल्सेसमा १–१ जोर्डनमा पनि मृत्यु भएका नेपालीको शव जलाउन सहमति प्राप्त भएको बोर्डले जनाएको छ ।
यसैगरी दक्षिण कोरियामा ३ र अन्य देशमा ५ जनाको शव जलाउन सहमति प्राप्त भएको छ । कोरोनाका कारण वैदेशिक रोजगारीमा गएकाहरु १० जनाको मृत्यु भएको पनि बोर्डले जनाएको छ ।
बोर्डका अनुसार अझैपनि विदेशमा १४९ वटा शव अलपत्र अवस्थामा रहेका छ्न । ती शव अझै जलाउन सहमति प्राप्त नभएको र नेपालमा ल्याउन पनि समस्या भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया