काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला विश्वमै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ३३ हजार ९७६ जनाको मृत्यु भईसकेको छ भने ५१ लाख ८६ हजार ८३७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २० लाख ६८ हजार ७१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच ब्राजिलका कोरोना भाइरसको महामारीका कारण बितेको २४ घण्टामा १ हजार १५३ जनाको मृत्यु भएको छ भने १६ हजार ७३० जनालाई संक्रमण भएको छ ।
त्यहाँ अहिलेसम्म २० हजार ४७ जनाको मृत्यु भईसकेको छ भने ३ लाख १० हजार ८७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ १ लाख १६ हजार ६८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया