काठमाडौं । हालसम्म युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म २३३ जना मानिसको ज्यान गइसकेको छ, भने २६ हजार ४ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ । युएइमा स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ११ हजार ८ सय ९ रहेको छ भने हाल युएइमा १ जनाको अवस्था गम्भिर रहेको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ३१ हजार ७ सय ३२ जना मानिसको मृत्यु भइसकेको छ । भने ५१ लाख ४१ हजार १ सय ४२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या २० लाख ५१ हजार ४ सय ७ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया