हप्तामा चार दिन काम गर्न दिने न्यूजिल्यान्डकी प्रधानमन्त्रीको चाहना

काठमाडौं । न्युजिल्यान्डकी प्रधानमन्त्री जकिन्दा अर्डेर्नले मजदूरहरुलाई हप्तामा चार दिन काम गर्न दिन चाहेको बताएका छन् । देशको पर्यटन व्यवसायको प्रवद्र्धन र मजदुरहरुको हितका लागि हप्तामा चार दिन काम गर्न दिनु आवश्यक भएको उनको भनाइ रहेको छ ।

कोरोनाभाइरसका कारण मानिसहरुलाई घर बाहिर हिडडुल गर्न प्रतिवन्ध लगाइएकाले धेरै क्षेत्र नराम्ररी प्रभावित भएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत् भएको प्रत्यक्ष प्रसारणका क्रममा उहाँले कामका लागि लचकता अपनाउनु पर्नेमा जोड दिए ।

कोरोनाभाइरसबाट बच्न अपनाउनु पर्ने उच्च स्वास्थ्य सतर्कताका बारेमा लकडाउनका बेला आम नागरिक शिक्षित भइसकेको पनि उनको भनाइ छ । राष्ट्रिय सिमा नाकाहरु बन्द नै राख्ने र काममा लचकताको व्यवस्था गर्दै देशभित्र घुमघाम गर्न दिनु उपयुक्त हुने प्रधानमन्त्रीको निश्कर्ष छ ।

उनले हप्तामा चार दिन काम गर्न दिनका लागि आफुलाई धेरै मानिसले सुझाव दिइरहेको पनि जानकारी दिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?