काठमाडौं । कोरोना भाइरसको महामारीबाट यतिबेला सारा विश्व ग्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख २९ हजार ७३१ जनाको मृत्यु भएको छ भने ५० लाख ८५ हजार ५०४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २० लाख २१ हजार ६६६ जना स्वास्स्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ८०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोनाको पछिल्लो टार्गेट बनेको मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै ४२४ जनाको मृत्यु भएको छ भने २ हजार २४८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ अहिलेसम्म ६ हजार ९० जनाको मृत्यु भईसकेको छ भने ५६ हजार ५९४ जनालाई संक्रमण भएको छ ।
यो समाचार तयार पार्दासम्म त्यहाँ ३८ हजार ८७६ जना उपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यहाँ बुधवार मात्र २ हजार ७१३ जना नयाँ संक्रमित थपिएका थिए भने ३३४ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया