साउदीमा ६२ हजार ५ सय बढीमा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । साउदी अरबमा कोरोनाको कारण ३३९ जना मानिसको ज्यान गइसकेको छ । भने ६२ हजार ५ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्रै साउदी अरबमा १० जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै २ हजार ६ सय ९१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउदी अरबमा आज २ सय ५१ जनाको अवस्था गम्भिर रहेको छ । साउदी अरबमा ३३ हजार ४ सय ७८ जना स्वास्थ्य लाभ पछि घर फर्केका छन् ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख २६ हजार २ सय ५२ जना मानिसको मृत्यु भइसकेको छ । भने ५० लाख ३७ हजार ९९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १९ लाख ९० हजार १ सय ५६ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?