काठमाडौं । नेपालले आज (बुधवार) जारी गरेको राजनीतिक नक्शा भारतले अस्वीकार गर्ने बताएको छ।
बुधवार साँझ विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले एक विज्ञप्ति प्रकाशित गर्दै नेपालले जारी गरेको नक्शा भारतलाई स्विकार्य नहुने बताएका हुन् ।
नेपाल सरकारले आज जारी गरेको नेपालको संशोधित नक्शाबारे सोधिएको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले यस्तो बताएका हुन्
उनले नेपालले जारी गरेको नयाँ नक्शामा भारतको भूमि समेत समावेश गरेर नक्शा जारी गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका हुन्।
श्रीवास्तवले नेपालले आज एकतर्फी रूपमा जारी गरेको नक्शा ऐतिहासिक तथ्यमा आधारित नभएको पनि बताएका छन् ।
‘यो कार्य सीमा विवादलाई द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमद्वारा हल गर्ने पूर्व प्रतिवद्धताको पनि विपरीत भएको छ, त्यसैले भारतले कुनै पनि हालतमा यो नक्शा स्वीकार गर्दैन र
भू-भागको यस्तो कृतिम विस्तारलाई भारतले स्वीकार गर्नेछैन’, विज्ञप्तमा भनिएको छ।
यो विषयमा भारतको पहिलेदेखिको स्थिर अडानबारे नेपाललाई जानकारी भएको विज्ञप्तिमा उल्लेख छ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दछौँ ।’
साथै सीमा विवादको मामिला समाधान गर्नका लागि नेपालको राजनीतिक नेतृत्वले सकारात्मक महोल बनाउने आफूले विश्वास राखेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया