काठमाडौँ । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोनाको असर देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ९२ हजार ५ सय २० जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ८ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १५ लाख ५८ हजार २ सय ४ पुगेको छ । त्यस्तै ३ लाख ६० हजार ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ११ लाख ५ हजार ९ सय २० जना उपचारत रहेका छन् । संक्रमित मध्ये १६ हजार ८ सय ७० जना मानिसको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
अमेरिकाको न्यूयोर्क शहरमा मात्र हालसम्म कोरोनाको कारण २८ हजार ४ सय ८० जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । भने त्यहाँ हालसम्म ३ लाख ६१ हजार २ सय २२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।

यसैगरी विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ३ लाख २२ हजार ९ सय ४१ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४९ लाख ५१ हजार ७ सय २० जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म कोरोना उपचार गरी १९ लाख ३७ हजार ४ सय ९० जना मानिस घर फर्किएका छन् भने संक्रमित मध्ये ४५ हजार १ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया