काठमाडौं । कोरोनाका कारण अहिले विश्वनै त्रस्त छ । छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण ३ हजार १ सय ५५ जनाको ज्यान गइसकेको छ, भने १ लाख ३ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । आजमात्रै ४ हजार ६ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण १ सय ३० जनाको मृत्यु भएको छ ।
यो समाचार तयारपार्दासम्म विश्वभर कोरोनाका कारण विश्वभर ३ लाख १८ हजार २ सय ९९ जनाको मृत्यु भएको छ । त्यस्तै, ४८ लाख ५४ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १८ लाख ८७ हजार २४ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया