बहराइनमा ३ सय ३१ नेपालीमा कोरोना संक्रमण

काठमाडौं । बहराइनमा रहेका थप ८६ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । बहराइनस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका थप ८६ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दूतावासका अनुसार गत बैशाख २४ गतेसम्म बहराइनमा रहेका २४५ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । त्यससँगै हालसम्म त्यहाँ ३ सय ३१ नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म बहराइनमा कोरोनाको कारण १२ जनाको ज्यान गइसकेको छ । ६ हजार ७ सय ९८ संक्रमित रहेका छन् भने ३ हजार ९ सय ७३ जना मानिसहरु कोरोनाको कारण उपचाररत रहेका छन् । भने हालसम्म २ हजार ७ सय ६२ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै त्यहाँ ३ जनाको अवस्था गम्भीर रहेको छ । त्यसमध्ये कति नेपाली घर फर्किएका छन् भन्ने खल्न नसकेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?