पाकिस्तानी मन्त्रीको अनौठो बयान पछि तात्यो सामाजिक सञ्जाल

काठमाडौं । पाकिस्तानका रेल मन्त्रीले दिएको बयानले अहिले सामाजिक सञ्जाल तातेको छ । आफ्नो बयानका कारण पाकिस्तानी रेलमन्त्री शेख रसीदको चर्चा भईरहेको हो ।

उनले दिएको बयानमा मानिसहरुले उनको विद्वतामाथि प्रश्न उठाउन थालेका छन् । उनले एक कार्यक्रमका बेला ईदको लागि २४ करोड पाकिस्तानीले ट्रेनको ई-टिकट किनेको बताएका थिए । तर पाकिस्तानीमा जम्मा जनसंख्या २२ करोड रहेको छ ।

उनले भाषण गर्दै गर्दा पाकिस्तानमा २४ करोड मानिसहरुले ईदका लागि रेलको टिकट किनेको बताएका थिए ।

उनको उक्त वक्तव्यको भिडियो सामाजिक सञ्जालमा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

एक पाकिस्तानी पत्रकार नायला इनायतले उक्त भिडियो शेयर गर्दै लेखेकी छन्, रेल मन्त्री शेर रसीदका अनुसार पाकिस्तानमा २४ करोड मानिसले ईदका लागि ट्रेनको टिकट किनेका छन् ।

तर पाकिस्तानमा जम्मा २२ करोड मानिसहरु मात्र छन् ।

पाकिस्तानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८७३ जनाको मृत्यु भईसकेको छ भने ४० हजार १५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ३९ जनाको मृत्यु भईसकेको छ भने १ हजार ३५२ जना नयाँ संक्रमित आजै थपिएका छन् ।

एजेन्सीको सहयोगमा

‘डाटा लीक’ भएपछि नयाँ खुलासा १, चीनमा ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?