काठमाडौं । भारतमा लकडाउनका कारण काम नपाएको र ऋण झनै थपिएकोले हैरान भएका एक टिभी कलाकारले आत्महत्या गरेका छन् ।
३२ वर्षीय एक टिभी कलाकारले नवी मुम्बई नजिक रहेको खार घरस्थित आफ्नो घरमा आत्महत्या गरेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
भारतीय पुलिसले शनिवार यसबारेमा जानकारी दिएको छ । एक अधिकारीका अनुसार खारघरको स्वप्नपूर्ति कम्प्लेक्समा बस्ने मनोजित सिंहले शुक्रवार झुन्डिएर आत्महत्या गरेका हुन् ।
मृतककी श्रीमतीले झुन्डिरहेको देखेपछि सबैलाई यस बारेमा जानकारी दिएकी थिइन् ।
खबर थाहा पाउनासाथ अस्पातल लिएर जाँदा अस्पतालले उनलाई मृतक घोषित गरेको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया